2 October 2013

मिति १५ असोज २०७०

प्रेस विज्ञप्ति

राज्यका हरेक अगं तथा तहमा महिलाको न्यूनतम ३३ प्रतिशत सहभागिता सुनिश्चित हुनुपर्ने नीति राज्यले अङ्गिकार गरेता पनि निकट भविष्यमा हुने संविधानसभाको निर्वाचनमा महिलाको न्यूनतम ३३ प्रतिशत परिणाममा नै सुनिश्चित हुने सम्भावना देखिएको छैन । त्यसैले संकल्पले यस पटकक(ो संविधानसभाको निर्वाचनमा महिलाको समानुपातिक समावेशी सहभागिता सुनिश्चितताका लागि विभिन्न अभियानहरु संचालन गर्ने निर्णय गरेको छ । यिनै संकल्पका अभियानहरु पत्रकार सम्मेलनद्वारा जनसमूदायमा पु¥याउने उद्देश्यअनुसार यो पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।

· निर्वाचनमा प्रत्येक्ष उम्मेदवार भएका महिला नेताहरुका लागि जिल्लामा आम सभाको आयोजना गरिदिने योजना छ ।

· निर्वाचनमा प्रत्येक्ष उम्मेदवार भएका महिला उम्मेदवारको विवरण ९उचयाष्भि० तयार गर्नेे, पोष्टर, पर्चा तयार गरी प्रचार–प्रसारमा सहयोग गर्ने योजना छ ।
· निर्वाचनमा प्रत्येक्ष उम्मेदवार भएका महिला उम्मेदवारको लागि हाते माईक प्रदान गर्ने योजना छ ।
· मिडिया संचालन– जस्तै टि.भी. मा मतदाता सम्बन्धित जनचेतना ९एक्ब्० कार्यक्रम, रडियो जिङ्गल र हाम्रो संकल्प नामक रेडियो कार्यक्रम मार्फत महिला उम्मेदवारलाई भोट हाल्न पेरित गर्ने, टि.भीमा अन्तरक्रिया कार्यक्रम संचालन गर्ने योजना छ ।

· महिला उम्मेदवारको सुरक्षा – चुनावी प्रचार–प्रसार गर्दा प्राय महिला उम्मेदवारहरुले विभिन्न प्रकारका कठिनाइहरुको सामना गर्नुपरेको छ । यस्ता समस्याले गर्दा उनिहरुको चुनावी प्रचार–प्रसारमा बाधा हुने हुनाले यस समस्याको समाधानको रुपमा संकल्प सबै महिला उम्मेदवारको सुची तयार भएपछि, सो सुची लिएर निर्वाचन आयोग र सुरक्षा निकाय समक्ष महिला उम्मेदवारको सुरक्षको लागि पैरवी गर्ने योजना छ ।
· संकल्पले १५ वटा (सिराह, मकवानपुर, दैलेख, डडेल्धुरा, डोटी, काठमाडौं, धन्कुटा, नवलपरासी, कञ्चनपुर, सुर्खेत, काभे्रपलाञ्चोक, कास्की, बाँके, इलाम, गोर्खा) लगायतका केहि जिल्लामा र ति जिल्लाका ४५ गा.वि.स.मा ६७५ सामाजिक अभियानकर्ता नियुक्त गरी महिला उम्मेदवारलाई जिताउन चुनाव प्रचार प्रसारकालागि घर दैलो कार्यक्रम गर्ने योजना छ ।


अन्तरीम संविधान २०६३ ले राज्यको हरेक क्षेत्र तथा तहमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित हुनु पर्ने व्यवस्था गरेको र सोही अनुसार गत संविधानसभामा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व रहेको सर्वविदितै छ । तसर्थ, आगामी निर्वाचनमा पनि सो कार्यान्वयनका लागि संकल्प प्रयत्नशील रहेको कुरा यहाँहरुलाई अवगत गराउन चाहन्छु । संविधानसभामा महिलाको न्युनतम ३३ प्रतिशत सहभागिताको माग केवल सहभागिताका लागि मात्र नभई महिलाको राजनीतिक नेतृत्व विकासको लागि पनि हो । साथै समाज तथा देश निर्माणमा महिला नेतृत्व र बिचारको प्रतिनिधित्व गराउन पनि हो ।

गत संविधानसभामा ३३ प्रतिशत महिला सभासदहरुको उपस्थितिलाई हामी नेपाली महिलाहरुले एउटा ठूलो उपलव्धीका रुपमा लिएका छौँ । तर यो उपलव्धी हामीले एकपटकका लागि मात्र चाहेका होइनौँ । हामीले त्यसलाई एउटा राम्रो सुरुवातको रुपमा लिएका छौँ र हामी त्यसको निरन्तरता चाहन्छौँ । त्यसपछि क्रमश हरेक निर्वाचनमा महिलाको सहभागिता बढाउँदै निर्वाचन परिणाममा नै महिलाको “समानुपातिक तथा समावेसी सहभागिता” गर्ने हाम्रो लक्ष्य रहेको पनि यहाँहरुलाई अवगत गराउँदछौँ ।

निर्वाचन बाहेक राज्यको हरेक तह र तप्कामा समेत हाललाई न्युनतम ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्छ भन्ने पनि हाम्रो माग हो । तर, संविधान निर्माण नगरी संविधानसभा भंग हुँदा, नेपाली महिलाले राजनीतिक दल, नागरिक समाज तथा अरु विभिन्न क्षेत्र तथा तहमा रहेर गरेको लामो संघर्षबाट प्राप्त उपलव्धी समेत प्रभावित हुने अवस्था सिर्जना हुँदा हामी निकै गम्भीर भएका छौँ ।

तसर्थ, आगामी संविधाननसभामा पनि विभन्न वर्ग, क्षेत्र, समुदाय तथा जातजातिलाई प्रतिनिधित्व गर्ने न्युनतम ३३ प्रतिशत महिलाको सक्रिय सहभागिता हुनुपर्छ भन्ने हाम्रो अडान छ ।

यसै अन्तर्गत अन्य महिला सञ्जाल तथा संस्थाहरुसँग समन्वय गरी “आगामी संविधानसभाको निर्वाचनमा महिलाको अधिकतम प्रतिनीधित्व र सहभागिता सुनिश्चितताका लागि १६ जेष्ठ २०७० “आगामी निर्वाचनमा महिलाको समानुपातिक तथा समावेशी सहभागिताका लागि साझा अभियान”को आयोजना गरेको थियो । उक्त कार्यक्रममा चार मुख्य दलका नेताहरुलाई आमन्त्रण गरी उहाँहरुबाट ३३ प्रतिशत सुनिश्चिताको प्रतिवद्धता जाहेर पनि भएको थियो । त्यसैगरी संकल्पले “आगामी संविधानसभाको निर्वाचनमा महिलाको अधिकतम प्रतिनीधित्व र सहभागिता सुनिश्चितताका लागि अन्तरपर्टी महिला संजालसँगको समन्वयमा उच्च स्तरिय राजनीति संयन्त्रको बैठकमा धर्ना, नागरिक समाजका सदस्यहरुसँग छलफल, निर्वाचन आयोजकसँग बैठक जस्ता चुनावमुखि कार्यक्रमहरु आयोजना गर्दै आएको छ । संकल्पले ३ असोज २०७० मा अन्तरपार्टी महिला संजालसँग बैठक बसी आगामी निर्वाचनमा महिलाको अधिक्तम प्रतिनिधित्व बढाउनकालागि रणनीतिक योजना पनि बनाएको छ ।





अध्यक्ष
दुर्गा सोव

No comments:

Post a Comment